Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विभिन्न मन्त्रालय र निकायहरूमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)

विभिन्न मन्त्रालय र निकायहरूमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)


  • 3.3K
    Shares

    विभिन्न मन्त्रालय र निकायहरूमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
    images

    काठमाडौँ । सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन अनुसार विभिन्न मन्त्रालय र निकायहरूमा दरबन्दी दर्ता गर्ने कार्यलाई तीव्रता दिएको छ। 

    राष्ट्रिय किताबखानाको ‘स्पेसल टास्क टिम’ ले सक्रियतापूर्वक काम गर्दै पछिल्लो ३ दिनमा ८ वटा मुख्य निकायका ६२२ पदहरूको दर्ता प्रक्रिया टुङ्ग्याएको छ।

    मन्त्रिपरिषद्को गत असार ३२ गतेको निर्णय कार्यान्वयनका क्रममा ६ जना विशिष्ट श्रेणी (सचिव) र २७ जना सहसचिव वा सो सरहका पदसहित कुल ६२२ दरबन्दी दर्ता भएका हुन्।

    कुन निकायमा कति दरबन्दी दर्ता ?

    राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार हालसम्म दर्ता सम्पन्न भएका ८ निकाय र तिनको दरबन्दी संख्या निम्नानुसार रहेको छ:

    १. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय: १४० दरबन्दी
     
    २. राष्ट्रिय किताबखाना (स्वयं): १०६ दरबन्दी

    ३. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय: ९६ दरबन्दी

    ४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय: ९० दरबन्दी

    ५. सूचना तथा सञ्चार मन्त्रालय: ७० दरबन्दी

    ६. रक्षा मन्त्रालय: ६५ दरबन्दी

    ७. सहकारी रजिस्ट्रारको कार्यालय: ३७ दरबन्दी

    ८. न्याय सेवा तालिम केन्द्र: १८ दरबन्दी

    सरकारको लक्ष्यलाई प्राथमिकतामा राख्दै किताबखानाले प्रमाण र प्रक्रिया पुगेका फाइलहरूलाई सोही दिन दर्ता गर्ने नीति लिएको छ। 'हामीले विशेष टोली परिचालन गरेर प्राप्त फाइलहरूलाई तत्कालै टुङ्ग्याउने गरी काम गरिरहेका छौँ,' महानिर्देशक पोखरेलले भने।

    यस प्रक्रियामा भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले सबैभन्दा अगाडि श्रावण ८ गते नै फाइल पेस गरेको थियो। अन्य केही निकायहरू जस्तै शिक्षा तथा खेलकुद मन्त्रालयसँग थप विवरण माग गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको फाइल ढिला प्राप्त भएकाले प्रक्रियामा रहेको पोखरेलले बताए।

    अपुरो कागजात भएका निकायहरूको हकमा आवश्यक प्रक्रिया पुगे लगत्तै दर्ता गरिने किताबखानाले स्पष्ट पारेको छ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - २१:११:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij