Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्वास्थ्यमन्त्री मेहताले भेटिन् गोलीकाण्डका घाइते

स्वास्थ्यमन्त्री मेहताले भेटिन् गोलीकाण्डका घाइते


  • 911
    Shares

    स्वास्थ्यमन्त्री मेहताले भेटिन् गोलीकाण्डका घाइते
    images

    विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा घाइते भएकाहरूलाई भेटेकी छन्। उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिन्। 

    आइतबार राति भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका नौ जनामध्ये चार जनाको विराटनगरको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मंगलबार विराटनगर पुगेर मन्त्री मेहताले तीनवटै अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँग जानकारी लिएकी हुन्। 

    उनले अस्पताल प्रशासनलाई उपचारमा ढिलाइ वा कमजोरी हुन नदिन निर्देशन दिँदै उपचार व्यवस्थापनका विषयमा अस्पतालका पदाधिकारीसँग छलफल समेत गरिन्। उपचाररत घाइते र उनीहरूका परिवारसँग भेट्दै सरकारले उपचार, आवश्यक सहजीकरण तथा अन्य सहयोगमा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाइन्। 

    मन्त्री मेहताले गम्भीर अवस्थाका बिरामीको उपचारलाई प्राथमिकतामा राखेर मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको बताइन्। देवानगन्जको घटना भएलगत्तै मन्त्रालयले सम्बन्धित अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै उपचारलाई प्रभावकारी बनाउन आवश्यक पहल अघि बढाएको उनको भनाइ छ। 

    उनले सबै घाइतेले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न मन्त्रालयले उपचार प्रक्रियामा निरन्तर सहजीकरण गरिरहेको समेत जानकारी दिइन्।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - २०:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij