२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सुनसरीमा ठाउँ ठाउँमा हिंसा भड्किएपछि हेलिकप्टरबाट गस्ती सुरु भएको छ ।
देवानगन्जमा भएको हिंसा पछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भईरहेको छ । निजी सम्पत्ति र पसलमा तोडफोड र आगजनी भएपछि हेलिकप्टरबाट गस्ती सुरु भएको हो ।
पूर्व-पश्चिम सडक खण्डको इनरुवा भोक्राह हरिपुर लौकही क्षेत्रमा दुवै समुदायले प्रदर्शन चर्काएपछि आज दिउसो बाट कर्फ्यु जारी भएको छ । कर्फ्यु जारी भएपछि नेपाली सेना सडकमा निस्किएको छ । जिल्लाका देवानगन्ज हरिनगरा पालिकाहरूमा पनि कर्फ्यु लगाइएको छ ।
आइतवर राती सुनसरीको देवानगन्जमा दुई समुदायका बिचमा झडप भएपछि सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । २२ जना भन्दा बढी घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij