Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश

बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश


  • 1.8K
    Shares

    बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश
    images

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौंले मंगलबार थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

    न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमासम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश भएको छ । त्यस्तै, धितोपत्रको कसुरमा गोल्छालाई २५ लाख धरौटी माग्ने आदेश भएको छ । 

    गोल्छा बैंक ग्यारेन्टी राखेर छुटेका छन्। यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ मा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १९:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij