Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग


  • 1.1K
    Shares

    सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग
    images

    काठमाडौं ।  जेन जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेन जी अभियन्ता मिराज ढुंगाना, डा।जगत विक, सौरभ भण्डारीले सरकारसँग ५ बुँदे माग राखेका हुन् ।

    घटनाको निष्पक्ष न्यायिक छानबिन, दोषीलाई कानुनबमोजिम कारबाही, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चितता, संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रको समन्वय र सुदृढ पूर्वतयारी तथा स्थानीय तह, प्रशासन र समुदायबीच नियमित संवादको संयन्त्र स्थापना गर्न उनीहरूको माग छ ।

    गोली हानेर बल प्रयोग गरिएको विषयमा पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट कार्य योजना ल्याउन पनि उनीहरूले सरकारलाई सुझाव दिएका छन् । 

    यस्तो घटनामा कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु सामाजिक सद्भावका लागि हानिकारक हुने उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    ‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ कि नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। कुनै पनि घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति दोषारोपण गर्नु उचित होइन । अपराध गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कारबाही हुनुपर्छ, तर कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु सामाजिक सद्भावका लागि हानिकारक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १९:०६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij