Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

धौलिगङ्गा बाँध खुल्दै

धौलिगङ्गा बाँध खुल्दै


  • 680
    Shares

    धौलिगङ्गा बाँध खुल्दै
    images

    काठमाडौं । भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएपछि महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त जानकारीका आधारमा बैतडी प्रशासनले सार्वजनिक सूचना जारी गर्दै साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिने जनाएको हो।

    प्रशासनका अनुसार बाँध खोल्ने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको बहाव र सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको छ।

    साथै, नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्न, ढुंगा–बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधिमा संलग्न नहुन प्रशासनले आग्रह गरेको छ।

    जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अपनाउन निर्देशन दिएको छ।

    mahakali-nadi-1.jpg

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १६:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij