Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेपछि...

ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेपछि...


  • 4.7K
    Shares

    ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेपछि...
    images

    काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् । उनले हिजो सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

    घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले उक्त दृश्य देखेपछि तत्काल परिवारका सदस्यलाई खबर गरेकी थिइन् । त्यसपछि आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए ।

    घटनापछि प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्‍याएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको थियो । हाल रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले आरोपित बसन्ता बैठा धोबीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

    ‘श्रीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार र पक्राउको काम गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ डीएसपी गौतमले भने ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १६:१७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij