Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी

सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी


  • 1.2K
    Shares

    सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी
    images

    काठमाडौं । देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी–मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी छ । 

    मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लौकही–कोसी ब्यारेज खण्डकेन्द्रित भएका प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै यातायात सञ्चालनमा अवरोध गरेका छन् । सप्तकोसी नदीले कटान गरेको क्षेत्रमा केहीबेरदेखि तनाव कायम रहेको छ । 

    कोसी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलहरूमा समेत तोडफोड र आगजनी गरेको छ । 

    त्यहाँ उपेन्द्र मण्डल, अनिल महत्मान, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव, सरजुग यादव र रणकुमार श्रेष्ठ लगायतको पसलमा आगजनी तथा तोडफोड भएको बताइएको छ । अहिले त्यो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    निषेधाज्ञाका बाबजुद सुनसरीका विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन् ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १५:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij