Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद् बैठक दसैँसम्म चलाउने तयारी

संसद् बैठक दसैँसम्म चलाउने तयारी


  • 862
    Shares

    संसद् बैठक दसैँसम्म चलाउने तयारी
    images

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख डीपी अर्याल र संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच छलफल भएको छ।

    मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकलाई मर्यादित, अनुशासित र प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालका अनुसार संसद् बैठकलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। साथै प्रधानमन्त्रीको संसद् उपस्थितिबारे प्रतिपक्षले उठाएका प्रश्नका विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिइन्।

    उनले सरकारले आवश्यक कानुन निर्माणका लागि विभिन्न विधेयक तयारी गरिरहेकाले संसद्मा कामको अभाव नहुने विश्वास व्यक्त गरिन्।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि संसद् बैठक प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको बताए। उनले साउन १४ गतेबाट संसद् बैठक सुरु हुने भए पनि आवश्यक विधेयकहरू नआएको विषयमा सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए।

    रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियारले संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउँदै जनताका सवाल र विधेयकमाथि व्यापक छलफल गर्ने वातावरण बनाउने विषयमा छलफल भएको बताए।

    उनका अनुसार संसद्को बिजनेस चुस्त बनाउने र बैठकलाई परिणाममुखी बनाउने विषय छलफलको मुख्य एजेन्डा रहेको थियो। परियारले आगामी प्रतिनिधि सभा बैठक दसैँको समयसम्म निरन्तर चल्ने जानकारीसमेत दिए।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १५:१६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij