Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने

नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने


  • 981
    Shares

    नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले तीन दिने आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने भएको छ।

    प्रतिष्ठानको गत श्रावण १० र ११ मा बसेको छैटौँ बैठकको निर्णयअनुसार आगामी श्रावण १५, १६ र १७ गते काठमाडौँमा यो प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो।

    पहिलो चरणको यस प्रशिक्षणका लागि इच्छुकहरूमध्येबाट छनोट गरिएका ४० जना युवाहरूलाई सहभागी गराइने प्रतिष्ठानले जनाएको छ। प्रशिक्षणलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्राविधिक सिप र व्यवहारिक अभ्यासमा समेत जोड दिइनेछ।

    प्राकृतिक विपद् व्यवस्थापनको क्षेत्रमा स्वदेश तथा विदेशमा लामो समयदेखि कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन्। 

    नेपाली कांग्रेसले यस प्रशिक्षणमार्फत भविष्यमा देशभर नै विपद् व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने दीर्घकालीन योजना अघि सारेको छ। 

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १४:०२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij