२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले निर्वाचन आयोग सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अनुभूति हुने गरेको बताएका छन् ।
संसदीय सुनसवाई समिति ९संयुक्त०मा प्रश्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको सुनुवाईको क्रममा उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् । सांसद विष्टले नेपाली काँग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित निर्णयलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै तत्कालिन सत्ताको प्रभावमा परेर आयोगले निर्णय गरेको आरोप लगाएका छन् ।
उनले नियमित महाधिवेशनबाट आएको नेतृत्वलाई बाईवास गरेर गरिएको विशेष महाधिवेशनलाई मान्यता दिएको बताएका छन् । उनले विशेष महाधिवेशनको विरुद्ध परेको उजुरीलाई आयोगले अस्वीकार गर्दै विशेष महाधिवेशनलाई नै मान्यता दिएको उनको आरोप छ । उक्त विषय सर्वोच्च अदालत पुगे पनि अदालते पनि आयोगकै निर्णय सदर गरेको उल्लेख गर्दै उनले नेपालका संस्थाहरुले सत्ताको दबाब परेका काम गर्ने गरेको आरोप लगाएका छन् ।
अदालत र निर्वाचन आयोग दुवै स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न सक्षम हुनुपर्ने उल्लेख गर्दै गलत निर्णय गर्ने निकाय वा पदाधिकारीलाई तत्काल कारबाही गर्नसक्ने संयन्त्र आवश्यक रहेको पनि बताएका छन् ।
उनले भने, नेपालको मैले देखेको के छ त भन्दाखेरि निर्वाचन आयुक्तहरू पनि निष्पक्षता हामीले भन्छौँ तर कुनै न कुनै चाहिँ त्यो सरकारको अलिकति छायामा परेको अनुभूति हुन्छ, हामीलाई । मलाई पनि हुन्छ त्यो । कुनै न कुनै चाहीँ त्यो छायाँमा बसेको, त्यो चाहे त्यो अदालत पनि त्यही हो, निर्वाचन आयोग पनि त्यही हो । त्यसलाई तपाईँको पालामा त्यसलाई निष्पक्ष ढङ्गले अन द स्पट गर्न त्यो गलत भएकोलाई कारबाही गर्नसक्ने तपाईँको उपाय के छ ?’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij