Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल

सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल


  • 925
    Shares

    सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
    images

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १४ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् । 

    सिंहदरबारस्थित सभामुखको सचिवालयमा आज आयोजित बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता छ । बैठकमा मुख्य गरी साउन १४ गतेका लागि तय भएको संसद बैठकमा प्रस्तुत गरिने विषयवस्तु, सम्भावित कार्यसूची र सदनलाई कसरी मर्यादित एवं नतिजामुखी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ।

    सरकारको सिफारिसमा आगामी साउन १४ गते प्रतिनिधि सभाको बैठक बस्ने तयारी भइरहँदा सभामुख अर्यालले सदनको विजनेस र कार्यव्यवस्थाका सम्बन्धमा दलहरूबीच सहमति जुटाउन यो पहल थालेका हुन् ।

     बैठकमा विचाराधीन रहेका विधेयकहरूलाई अगाडि बढाउने, शून्य तथा विशेष समयमा उठ्ने जनसरोकारका मुद्दाहरू र संसदीय प्रक्रियालाई चुस्त बनाउने विषयमा सभामुखले दलहरूको राय माग्न लागेका हुन् ।

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १३:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij