Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा

नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा


  • 953
    Shares

    नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा
    images

    काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । गत शनिवार अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन् । 

    यस्तै, अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ । चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकको राजीनामा लगायतका माग राख्दै चिकित्सकहरू राजीनामा माग गरेका छन् ।

    चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । यस्तै देशभर ओपीडी सेवा बन्द भएको छ । चिकित्सकहरूको आन्दोलनका कारण सेवा लिन पुगेका बिरामीहरू मारमा परेका छन् । 

    नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको थियो । 


    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १३:१८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij