Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुनसरी घटनाको विरोधमा माइतीघरमा हिन्दुवादीको प्रदर्शन (तस्बिरहरू)

सुनसरी घटनाको विरोधमा माइतीघरमा हिन्दुवादीको प्रदर्शन (तस्बिरहरू)


  • 757
    Shares

    सुनसरी घटनाको विरोधमा माइतीघरमा हिन्दुवादीको प्रदर्शन  (तस्बिरहरू)
    images

    काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा हिन्दुवादी समूहले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। 

    गत साउन १० गते साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो।

    झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनापछि हिन्दुवादी समूहहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।

    माइतीघरमा भएको प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। सरकारले भने घटनाको प्रभाव अन्य क्षेत्रमा फैलिन नदिन सुरक्षा सतर्कता बढाएको जनाएको छ।

    h2.JPG

    h3.JPG

    h2.JPG

    h4.JPG

    h1.JPG

    h5.JPG

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १३:१०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij