Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रीमतीलाई साडीको पासो लगाएर मार्न खोज्ने युवक पक्राउ

श्रीमतीलाई साडीको पासो लगाएर मार्न खोज्ने युवक पक्राउ


  • 1.6K
    Shares

    श्रीमतीलाई साडीको पासो लगाएर मार्न खोज्ने युवक पक्राउ
    images

    काठमाडौं । बागमती नगरपालिका-५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक युवकलाई पक्राउ गरिएको छ ।

    जिल्ला सर्लाही, धनकौल गाउँपालिका-१ शेखौना बस्ने २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए ।

    घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पुर्‍याएको थियो । सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पुनः थप उपचारको लागि रौतहटको बेटर नेपाल, गरुडामा लगेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ ।

    घटनामा संलग्न बसन्ता बैठा धोबीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।    

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - ११:३२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij