Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मङ्गलबहादुर शाही

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मङ्गलबहादुर शाही


  • 1.1K
    Shares

    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मङ्गलबहादुर शाही
    images

    काठमाडौं । कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको हो ।

    प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई आज साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

    प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए ।

    नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले दाबी पेस गर्नेछन् । त्यसका लागि आवश्यक तयारी भइरहेको कांग्रेस स्रोतले बताएको छ । शाही आइतबार काठमाडौँ गएका थिए । शीर्ष नेतृत्वसँग भेट गरी उनी मंगलबार बिहान ८ बजेको विमानमार्फत सुर्खेत फर्किएका छन् ।

    स्रोतका अनुसार अहिले ११ बजेतिर दुई दलका नेताबीच छलफल हुने समयतालिका छ । शाहीले अहिले आफ्ना दलका सांसदसँग छलफल गरिरहेका छन् । शाही आज कर्णालीको ५औँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुँदैछन् । यसअघि यामलाल कँडेलले शनिबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १०:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij