Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द


  • 946
    Shares

    अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
    images

    काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

    संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उनीहरू गम्भीर घाइते भएका थिए। आक्रमणका क्रममा अस्पतालमा तोडफोडसमेत भएको चिकित्सक संघले जनाएको छ।

    यस्तै, उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकहरूमाथि दुर्व्यवहार भएको भन्दै संघले त्यसको पनि विरोध जनाएको छ।

    घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य संस्थामा हुने हिंसात्मक गतिविधि रोक्न माग गर्दै संघले देशव्यापी रूपमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा स्थगित गरेको हो।

    यस आन्दोलनका कारण ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैर-आकस्मिक सेवाहरू प्रभावित भएका छन् भने आकस्मिक सेवा भने यथावत सञ्चालनमा रहेको चिकित्सक संघले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १०:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij