Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मौसम पूर्वानुमान

आज वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना


  • 3.0K
    Shares

    आज वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ ।

    विभागले वाग्मती, गण्डकी र कर्णालीका केहीस्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको हो । देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोसी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    देशको हिमाली भू–भागका थोरै स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान, कोसी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - ०७:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij