Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा सांसद गणेश पौडेलमाथि मसी प्रहार गर्ने पक्राउ माग गर्दै प्रहरीमा जाहेरी

रास्वपा सांसद गणेश पौडेलमाथि मसी प्रहार गर्ने पक्राउ माग गर्दै प्रहरीमा जाहेरी


  • 911
    Shares

    रास्वपा सांसद गणेश पौडेलमाथि मसी प्रहार गर्ने पक्राउ माग गर्दै प्रहरीमा जाहेरी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरिएको छ।

    रौतहट क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद पौडेलसहित रास्वपाका नेता तथा कार्यकर्ताहरू सोमबार इलाका प्रहरी कार्यालय गरुडा पुगेर लिखित जाहेरी दिएका हुन्। उनीहरूले घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारिएको जानकारी दिएका छन्। दोषीको पहिचान गरी पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको उनले बताएका छन्।

    जाहेरी दर्ताका क्रममा उपस्थित रास्वपा नेता रवीन्द्र यादव र दीपक यादवले घटना भएको एक साता बितिसक्दा पनि संलग्न व्यक्ति पक्राउ नपर्नु दुःखद भएको बताएका छन्। 

    रास्वपा रौतहटले दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा नल्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

    गत बिहीबार राति गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल सकेर फर्किने क्रममा सांसद पौडेलमाथि पछाडिबाट कालो मसी प्रहार भएको थियो।  

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १६:०८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij