२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–५, लुम्बिनी प्रदेश स्थायी घर भई हाल काठमाडौंको कालोपुल बसोबास गर्दै आएका १९ वर्षीय दिपेश मिति २०८३ साल असार १९ गते आफू कार्यरत रहेको कार्यालयबाट घर जाने भन्दै निस्किएका थिए। त्यसयता दिपेश हालसम्म सम्पर्कविहीन रहेका छन्। दिपेश उचाइ करिब ५ फिट ३ इन्च रहेको छ।
दिपेश कार्यरत संस्थाका अनुसार कार्यालयबाट घर जान भनी निस्किएपछि दिपेश कुनै सम्पर्क हुन सकेको छैन। निर्धारित समयमा घर नपुगेको र त्यसयता मोबाइल तथा अन्य माध्यमबाट पनि सम्पर्क हुन नसकेपछि खोजी कार्य जारी राखिएको भए पनि हालसम्म दिपेश कुनै अत्तोपत्तो लाग्न सकेको छैन।
यसैबीच, दिपेश कार्यरत संस्थाले सकुशल खोजीका लागि सबैमा सहयोगको अपिल गरेको छ। दिपेशलाई कतै देख्नुभएको, भेट्नुभएको वा दिपेशको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको खण्डमा कृपया नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराइदिनुहुन अथवा सम्बन्धित व्यक्तिलाई खबर गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ। तपाईंले उपलब्ध गराउनुहुने सानो जानकारीले दिपेश कठायतलाई सुरक्षित रूपमा परिवार तथा कार्यस्थलसम्म फर्काउन महत्वपूर्ण सहयोग पुग्न सक्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij