Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्से घट्दा ६ अर्ब ८ करोडको कारोबार

नेप्से घट्दा ६ अर्ब ८ करोडको कारोबार


  • 1.6K
    Shares

    नेप्से घट्दा ६ अर्ब ८ करोडको कारोबार
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ ।

    आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रहेको छ ।आज दिनभरिमा ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज बैंकिङ समूह ०.१० प्रतिशत बढेको छ  । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घटेको छ।

    त्यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२ प्रतिशत घटेको छ । विकास बैंक १.८२, फाइनान्स ०.७०, जलविद्युत् १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१ तथा अन्य १.६९ प्रतिशत घटेको छ ।

    हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै गोर्खाज फाइनान्सको ३.८६, धौलागिरि लघुवित्तको ३.११ प्रतिशत बढेको छ  ।

    आत्मनिर्भर लघुवित्तको १३.३८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६३, कालंगा हाइड्रोपावरको ८.५२, सालपा विकास बैंकको ८.१९ तथा होटल फरेस्ट इनको ७.५७ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १५:२२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij