Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु


  • 1.0K
    Shares

    चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सतुङ्गलबाट कलङ्कीतर्फ जाँदै गरेको स्कुटर र सोही दिशाबाट आउँदै गरेको मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटरका चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरी कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि दुवै जनालाई ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएको थियो ।

    उपचारका क्रममा चन्द्रागिरि नगरपालिका–१२ हरियालीका ४० वर्षीय दीपक नेपालको मृत्यु भएको हो । यस्तै स्कुटरमा पछाडि सवार चन्द्रागिरि–१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपालको पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।

    दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलङ्कीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १४:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij