Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गुल्मीमा ग्याँस बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते

गुल्मीमा ग्याँस बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते


  • 785
    Shares

    गुल्मीमा ग्याँस बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते
    images

    काठमाडौं । गुल्मीको धुर्कोट खहरेस्थित तम्घास(पुर्कोटदह सडक खण्डमा ग्याँस सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    घाइतेमध्ये एकजनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताए ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहान तम्घासबाट पुर्कोटदहतर्फ जाँदै गरेको ग३च ४५१८ नम्बरको एलपीजी ग्याँस सिलिन्डर बोकेको डबल क्याप बोलेरो सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

    दुर्घटनामा मालिका गाउँपालिका–३ काउले निवासी ३२ वर्षीया सीता थापाको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेकाले जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी १८ निवासी २४ वर्षीय गौतम लोको बाँया हातमा चोट लागेको छ भने  २६ वर्षीय अविलाल राउतको निधार र ढाडमा सामान्य चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ । गाडीमा सवार  ४० वर्षीय कृष्ण दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको समयमा बोलेरोमा चालकसहित पाँच जना सवार थिए । चालक ललितपुरको गोदावरी नगरपालिका–१ निवासी २६ वर्षीय विशाल सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १३:५३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij