Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोरङमा किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पाँच युवक पक्राउ

मोरङमा किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पाँच युवक पक्राउ


  • 1.1K
    Shares

    मोरङमा किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पाँच युवक पक्राउ
    images

    काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका क्षेत्रकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको आरोपमा पाँच जना युवक पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा प्रहरीले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले किशोरीलाई प्रलोभनमा पारेर रंगेली–७ स्थित एक क्याफेमा लगेका थिए। त्यहाँ उनले जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि सोही क्याफेका सञ्चालक २१ वर्षीय सुमन कुमार साहले पनि पीडितमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    त्यसैगरी, साउन ४ गते राति रंगेली–७ का २० वर्षीय करण मण्डलले किशोरीलाई अर्को क्याफेमा पुर्‍याएका थिए। त्यहाँ करण मण्डलसहित १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

    पीडितले दिएको उजुरीपछि साउन १० गते जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले पाँचै जनालाई पक्राउ गरेको हो।

    पक्राउ परेका मोहम्मद अरमान, सुमन कुमार साह, करण मण्डल, प्रियान्सु साह र रितिक यादवविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको पनि जानकारी दिएको छ।

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १३:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij