Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

किन कुटिए गायक अशोक दर्जी ? कुटपिट गर्नेविरुद्ध दिए प्रहरीमा उजुरी

किन कुटिए गायक अशोक दर्जी ? कुटपिट गर्नेविरुद्ध दिए प्रहरीमा उजुरी


  • 2.0K
    Shares

    किन कुटिए गायक अशोक दर्जी ? कुटपिट गर्नेविरुद्ध दिए प्रहरीमा उजुरी
    images

    काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एक भिडिओ निकै भाइरल छ। जुन भिडिओको केन्द्रमा छन् बाल गायक अशोक दर्जी। जहाँ युवाको समूहले अशोकलाई घेरेर कुटपिट गरिरहेको देखिन्छ।

    भिडिओमा एक युवकले आक्रोशित हुँदै अशोकलाई ‘पैसा कहिले दिने?’ भन्दै प्रश्न गरिरहेको सुनिन्छ। ती युवक त्यतिमै रोकिदैनन्। ‘तँ गायककार मान्छे भएर अर्काको पैसा लाने हो?’ भन्दै पटक-पटक अशोकको गालामा थप्पड हान्छन्। साथै कहिले पैसा दिने भन्दै अनेक प्रश्न गरेको सुनिन्छ।

    सेतो रंगको लुगा लगाएका अशोक भिडिओमा निकै डराएका देखिन्छन्। साथै उनले बेला बेला हातले अनुहार पनि छोपिरहेको देख्न सकिन्छ।

    यो भिडिओ सार्वजनिक भएसँगै धेरै दर्शकले अशोकको चिन्ता गरिरहेका छन्। सामाजिक सञ्जालमा ‘किन र कसले कुटेको?’ भन्दै प्रश्न गरिरहेका छन्।

    सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि कतिपयले यो फिल्मको प्रचार गर्ने पब्लिसिटी स्टन्ट हुन सक्ने अनुमान गरेका छन्। केहीले भने घटनाबारे छानबिन हुनुपर्ने माग गरिरहेका छन्। 

    विगत तीन-चार महिनादेखि अशोक आफ्नो परिवारसँग बस्दै आएका छन्। उनले झापामा पढाइ सुरु गरेका छन्। अशोक नीता ढुंगानाको फिल्म ‘पार्वती’ मा देखिँदै छन्। 

    यसैबीच, गायक अशोकले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भिडिओ बनाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनाइएको भन्दै कारबाहीको माग गरेका छन्। इलाका प्रहरी कार्यालय अनारमनी, झापामा निवेदन दिँदै अशोकले आफ्नो भविष्यमाथि खेलवाड गर्ने काम भएको भन्दै तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन्। 

    एक हप्ताअगाडि दुई जना व्यक्ति आएर आफूलाई चोर भन्दै कुटपिट गर्दै भिडिओ बनाएको उजुरीमा उल्लेख छ। फेसबुकमा उजुरीपत्र राख्दै नीताले अशोकले न्याय पाउनुपर्ने बताएकी छन्। 

    सानैबाट गीत गाएर चर्चामा आएका अशोकले टंक बुढाथोकीले निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘मन विनाको धन’ बाट डेब्यु गरेका थिए।

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १३:१०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij