Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोरङमा ४ वर्षीया बालिकाको हत्या

मोरङमा ४ वर्षीया बालिकाको हत्या


  • 5.6K
    Shares

    मोरङमा ४ वर्षीया बालिकाको हत्या
    images

    काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-९ डाइनियास्थित मुस्लिम टोलमा ४ वर्षीया बालिकाको हत्या भएको छ। यो घटनाले अहिले सिंगो गाउँ नै शोकमा डुबेको छ।

    ४ वर्षीया कायानत प्रवीण खातुन शुक्रबार दिउँसो आफ्नै घरबाट अचानक बेपत्ता भएकी थिइन्। सुरुमा परिवारले उनी छिमेकमै खेलिरहेकी होलिन् भन्ने अनुमान गरेका थिए। तर साँझसम्म पनि घर नफर्किएपछि परिवारमा चिन्ता बढ्यो।

    त्यसपछि परिवार, आफन्त र स्थानीयवासी मिलेर बालिकाको खोजी सुरु गरे। उनीहरूले आसपासका बारी, बाटो, खाल्डाखुल्डी र खुला स्थानमा खोजी गरे पनि तत्काल कुनै जानकारी पाउन सकेनन्। खोजी गर्ने क्रममा शुक्रबार साँझ करिब साढे ७ बजेतिर घरदेखि करिब २ सय मिटर टाढाको घाँसबारीमा कायानत मृत अवस्थामा भेटिइन्।

    घटनाको खबर फैलिनासाथ गाउँभरि शोक र आक्रोश फैलिएको छ। प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट लागेको देखिएको छ। शव अर्धनग्न अवस्थामा भेटिए पनि प्रारम्भिक अनुसन्धानका क्रममा हालसम्म यौन दुर्व्यवहार भएको प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्रै बालिकाको मृत्युको वास्तविक कारण खुल्नेछ। प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ। तर घटनामा संलग्न व्यक्ति को हुन् र हत्या किन गरिएको हो भन्ने विषय अझै खुल्न बाँकी छ।

    प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको छ। विभिन्न प्रमाण संकलन गर्नुका साथै स्थानीयसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। कायानत आफ्ना आमाबुबाका दुई छोरा र एक्ली छोरी थिइन्। उनको असामयिक निधनले परिवारमा ठूलो पीडा थपिएको छ।घटनापछि स्थानीयले निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्न र कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। 

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - ११:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij