Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सम्पर्कमा नआए ११ प्रहरी सेवाबाट बर्खास्त हुने

सम्पर्कमा नआए ११ प्रहरी सेवाबाट बर्खास्त हुने


  • 785
    Shares

    सम्पर्कमा नआए ११ प्रहरी सेवाबाट बर्खास्त हुने
    images

    काठमाडौं । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि ड्युटीमा अनुपस्थित रहेर सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले अन्तिम चेतावनी दिएको छ।

    प्रहरी प्रधान कार्यालय, नक्सालले सोमबार सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो। यसअघि खोजतलास र कार्यालयमा सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा नआएको प्रहरीको भनाइ छ।

    प्रहरीले तोकिएको समयभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुर कायम गरी नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। प्रधान कार्यालयका अनुसार सार्वजनिक सूचनामार्फत उनीहरूलाई सफाइ पेस गर्ने अन्तिम अवसर प्रदान गरिएको हो।

    सम्पर्कविहीन हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) पनि छन्। उनीहरूमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका दुर्गाराज मल्ल रहेका छन्।

    यस्तै, ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका प्रहरी जवान देवकृष्ण राउत, इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी जयन्ती थापामगर, इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका सञ्जय परियार, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी, प्रहरी जवान राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका ध्रुवराज पाध्या तथा कारागार सुरक्षा गार्ड लमजुङका प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल पनि लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

    प्रहरी प्रधान कार्यालयले तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनी प्रक्रिया अनुसार सेवाबाट हटाइने चेतावनी दोहोर्याएको छ।

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १०:४६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij