२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका–३ का युवकको आत्मदाह प्रयासपछि मृत्यु भएको छ।
शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए।
चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अत्यन्त गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि उनलाई भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर परिवारले थप उपचारका लागि काठमाडौँ लैजाने निर्णय गरेका थिए ।
काठमाडौं लैजाँदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij