Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुई हजार एम्बुलेन्स थन्किए

दुई हजार एम्बुलेन्स थन्किए


  • 1.1K
    Shares

    दुई हजार एम्बुलेन्स थन्किए
    images

    काठमाडौं ।  नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् ।

    संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छैनन् । यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए । 

    देशभरमा छ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्याङ्क छ । ती मध्ये स्वास्थ्य सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैर सरकारी संस्था र नीजि क्षेत्रले सञ्चलान गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन् ।

    ऐन आएदेखिनै निरन्तर रुपमा संसोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए । पूर्व स्वास्थ्य मन्त्री डा सुधा शर्मालाई समेत उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछानेले बताए । नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफूहरु रहेको उनको भनाइ छ ।

    ऐन संसोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आम नागरीकले सहज रुपमा सेवा पाउन कठिन हुने उनले बताए । अध्यक्ष लामिछानेले भने, “मानवतासँग प्रत्यक्ष जोडीएकाले यस विषयलाई नयाँ सरकारले गम्भिरताका साथ हेर्नुपर्छ ।” यसबाट चालकको रोजगारी समेत गुमेको उनले बताए । 

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १८:११:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij