२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाली सङ्गीत बजारमा तीज गीतहरू सार्वजनिक हुने क्रम बढेको छ । यही क्रममा सर्जक कस्तुप पन्तको नयाँ तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक भएको हो ।
लोकप्रिय गायिका एलिना चौहानको स्वर रहेको गीतमा कस्तुप पन्तको शब्द तथा सङ्गीत छ । गीतमा रामजी खाँणको पनि स्वर सुन्न सकिन्छ ।
यस गीतमा वैंशालु युवतीका रहर र चाहनाहरूलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ । तीजका अवसरमा महादेवसँग आरधना गर्दै उनले आफ्ना रहरहरू पूरा गरिदिन बिन्ती गरेकी छन् ।
गीतको भिडियोमा चर्चित मोडल एलिना रायमाझी र पार्वती श्रेष्ठको अभिनय रहेको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहको गीतको भिडियोलाई करण चैसिरले छायाङ्कन र बिनोद बमले सम्पादन गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij