Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इन्सपेक्टर कल्पना गुरुङसहित दुई जनालाई १० दिन थुनामा राख्न अदालतको अनुमति

इन्सपेक्टर कल्पना गुरुङसहित दुई जनालाई १० दिन थुनामा राख्न अदालतको अनुमति


  • 1.5K
    Shares

    इन्सपेक्टर कल्पना गुरुङसहित दुई जनालाई १० दिन थुनामा राख्न अदालतको अनुमति
    images

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका सहयोगी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाउन विशेष अदालतले १० दिन थुनामा राख्ने अनुमति दिएको छ।

    विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले दुवै जनालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

    यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धान गरिरहेको छ। यसअघि नेपाल प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। सशस्त्र प्रहरी बलको पत्रका आधारमा उनीहरू गत असार २० गते पक्राउ परेका थिए।

    सशस्त्र प्रहरीले गरेको आन्तरिक छानबिनले इन्सपेक्टर गुरुङको योजनाअनुसार रकम हिनामिना भएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ। छानबिनका क्रममा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको समेत गम्भीर लापरबाही देखिएको उल्लेख गरिएको छ।

    घटनामा संलग्न अन्य व्यक्तिको भूमिका, आर्थिक कारोबारको प्रकृति तथा हिनामिनाको वास्तविक परिमाणबारे अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १६:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij