Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लघुवित्त पीडितको राजधानी मार्च, बल्खुदेखि भद्रकाली हुँदै सुनधारासम्म प्रदर्शन (तस्बिरसहित)

लघुवित्त पीडितको राजधानी मार्च, बल्खुदेखि भद्रकाली हुँदै सुनधारासम्म प्रदर्शन (तस्बिरसहित)


  • 3.0K
    Shares

    लघुवित्त पीडितको राजधानी मार्च, बल्खुदेखि भद्रकाली हुँदै सुनधारासम्म प्रदर्शन (तस्बिरसहित)
    images

    काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरूले आफ्ना माग पूरा गराउन आइतबार राजधानीमा प्रदर्शन गरेका छन्। ‘राजधानी मार्च’ नाम दिइएको उक्त प्रदर्शन बल्खुबाट सुरु भएर भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो।

    कोणसभापछि प्रदर्शनकारीहरू सुनधारातर्फ पुगेका छन्। उनीहरूले सुनधारा क्षेत्रका सार्वजनिक फल्चा तथा खुला स्थानमा बसेर आन्दोलनलाई निरन्तरता दिएका छन्।

    प्रदर्शनमा महिला, ज्येष्ठ नागरिक तथा विभिन्न उमेर समूहका सर्वसाधारण सहभागी भएका थिए। केही सहभागीले काखमा दूधे शिशु बोकेका थिए भने स्वास्थ्य समस्या भएका व्यक्तिहरू पनि मार्चमा सहभागी बनेका देखिएका थिए।

    आन्दोलनकारीहरूले आफूहरू लघुवित्त संस्थाबाट पीडित बनेको दाबी गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायसँग तत्काल पहल गर्न माग गरेका छन्।

    लघुवित्त पीडितहरूको आन्दोलन आगामी दिनमा पनि जारी रहने जनाइएको छ। 

    l5.JPG

    l4.JPG

    l3.JPG

    l2.JPG

    l1.JPG

    l6.JPG

     

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १५:०४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij