२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नेपाल-चीन सीमा नाका रसुवागढी पुगेका छन् ।
आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौंबाट रसुवातर्फ लागेका थिए ।
मन्त्री गुरुङ आज स्याफ्रुवेशी हुँदै रसुवागढी नाकामा पुगेको रसुवामा कार्यरत एक जना प्रहरी अधिकृतले बताएका छन् । गुरुङ रसुवा जाँदै गर्दा शनिवार सडक दुर्घटना भएको थियो । चिलिमे हाइड्रोपावरको पावर हाउस नजिकै त्रिशूली खोलामा गाडी दुर्घटना भएको ठाउँमा मन्त्री गुरुङ पनि खोजी र उद्धारमा खटिएका थिए ।
भन्सार पास भएर आएको एसआरएम कम्पनीको गाडीका चालक रसुवाको कालिका गाउँपालिका घर भएका २२ वर्षीय सबिन तामाङ सम्पर्क विहीन छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij