Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ


  • 743
    Shares

    एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

    एमबीएसको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको खबर आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरेका थिए। उनले घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

    त्यसपछि प्रहरीले आइतबार बिहान प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा सुलभ सर भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जालमार्फत एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेका थिए। ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ।

    प्रश्नपत्र बाहिरिएपछि त्रिविको व्यवस्थापन संकाय डीन कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।

    यसैबीच, त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा सहप्रा.डा.पुष्कर रैखला र सह प्रा.डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १३:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij