Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोसीमा चालकसहित बेपत्ता गाडीको खोजीकार्य तीब्र

भोटेकोसीमा चालकसहित बेपत्ता गाडीको खोजीकार्य तीब्र


  • 1.2K
    Shares

    भोटेकोसीमा चालकसहित बेपत्ता गाडीको खोजीकार्य तीब्र
    images

    काठमाडौं । शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी थालिएको छ । चीनबाट आयात गरिएको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको भोटेकोसीमा खस्दा चालक बेपत्ता भएका थिए ।

    रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार दुर्घटनामा कालिका गाउँपालिका–३ का २२ वर्षीय सविन तामाङ बेपत्ता भएका हुन् ।

    भन्सार जाँच पास गरी काठमाडौं लैजाँदै गरिएको उक्त इभी गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित चलिमे जलविद्युत् केन्द्र अगाडि सडकबाट भोटेकोसीमा खसेको हो ।

    घटनाको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि गृहमन्त्री सुदन गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थल पुगेका थिए । 

    राति १० बजेसम्म दुर्घटनास्थलदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–२१६ को ड्याम क्षेत्रसम्म ड्रोनसमेत प्रयोग गरेर खोजी गरिएको भए पनि गाडी र चालकको अवस्था पत्ता लाग्न सकेन ।

    सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार आइतबार बिहानदेखि सुरक्षा निकायले पुनः खोज तथा उद्धार कार्य जारी राखेको छ ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १३:१८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij