Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए एक पुरुष

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए एक पुरुष


  • 1.6K
    Shares

    हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए एक पुरुष
    images

    काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् ।

    प्रारम्भिक जानकारीअनुसार मृतक मकवानपुरको थाहा नगरपालिका-३ चित्लाङ निवासी आसमान गोपाली रहेको खुलेको छ ।

    घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

    घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्ट पनि घटनास्थलमा परिचालित छन् ।

    हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष समेत घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र आवश्यक सहयोगमा जुटेकी छन् ।

    प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता तथा मृत्युको प्रकृतिबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ । 

    घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गर्नेक्रम जारी रहेको छ ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १३:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij