Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रेडक्रसमा दशकौँदेखि एउटै नेतृत्व, ४९ वर्षदेखि सभापति

रेडक्रसमा दशकौँदेखि एउटै नेतृत्व, ४९ वर्षदेखि सभापति


  • 2.9K
    Shares

    रेडक्रसमा दशकौँदेखि एउटै नेतृत्व,  ४९ वर्षदेखि सभापति
    images

    काठमाडौं ।  नेपाल रेडक्रस सोसाइटी (नेरेसो) का केही जिल्ला समितिमा एउटै व्यक्ति दशकौँदेखि नेतृत्वमा रहँदै आएका छन्।

    नेरेसोको तथ्यांकअनुसार २० देखि ४९ वर्षसम्म निरन्तर जिल्ला नेतृत्व सम्हाल्ने सभापति १० जिल्लामा रहेका छन्। सबैभन्दा लामो समय नेतृत्व गर्नेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन्। उनी सन् २०३४ सालदेखि निरन्तर सिन्धुपाल्चोक रेडक्रसको सभापतिमा छन्।

    त्यसपछि संखुवासभाका सरोजकुमार बज्राचार्य र बाराका राजेन्द्रसिंह खड्का छन्। दुवैले २०३८ सालदेखि हालसम्म जिल्ला नेतृत्व सम्हाल्दै आएका छन्।

    त्यस्तै, रसुवाका बाबुलाल तामाङ २०४१ सालदेखि, सप्तरीका जोगेन्द्र भगत २०४८ सालदेखि, मुस्ताङका चन्द्रबहादुर थकाली र भोजपुरका तुलबहादुर सुब्बा २०५० सालदेखि जिल्ला सभापतिमा छन्।

    दार्चुलाका गोपालसिंह महरा २०६२ सालदेखि, सिरहाका राजेन्द्रदेव यादव २०५८ सालदेखि र कपिलवस्तुका केशव सिंह २०५४ सालदेखि रेडक्रसको जिल्ला नेतृत्वमा रहेका छन्।

    नेरेसोका केन्द्रीय अध्यक्ष विशाल भण्डारीले संस्थामा पुस्तान्तरण र रूपान्तरणको आवश्यकता रहेको बताएका छन्। उनले एउटै व्यक्तिले लामो समयसम्म पद ओगटेर बस्ने प्रवृत्तिको अन्त्य गरिने बताए।

    अध्यक्ष भण्डारीले रेडक्रसमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको विषय व्यापक रूपमा उठेको भन्दै संस्थालाई नयाँ पुस्तासँग जोडेर अघि बढाउने बताएका छन्।

    नेरेसोका अनुसार १० वर्षभन्दा बढी समयसम्म लगातार जिल्ला सभापति रहनेहरूको संख्या ३५ भन्दा बढी जिल्लामा रहेको छ।

    chart.jpg

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १२:५२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij