२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ।
भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापा भारत जाने तयारीमा थिए। शनिबार जाने भनिएको भ्रमण आइतबारका लागि सारिए पनि अन्ततः उनले भारत नजाने निर्णय गरेका हुन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण स्थगित भएको पुष्टि गरेका छन्। उनले भ्रमण स्थगित हुनुको कारणबारे भने स्पष्ट जानकारी नदिँदै ‘नितान्त आन्तरिक र प्राविधिक कारण’ भएको बताएका छन्।
थापाको नयाँ भारत भ्रमण मिति तय नभएको कांग्रेसले जनाएको छ। यसैबीच, भ्रमण स्थगित हुनुको पछाडि पार्टीभित्रको आन्तरिक विवाद प्रमुख कारण हुन सक्ने स्रोतको भनाइ छ। कांग्रेसमा नेतृत्व परिवर्तनपछि संस्थापन र इतर पक्षबीच मतभेद बढ्दै गएको छ।
विवादकै बीच सभापति थापा र इतर पक्षको नेतृत्व गर्दै आएका नेताहरूले देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij