Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


  • 2.5K
    Shares

    बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
    images

    काठमाडौं । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    तौलिहवा भैरहवा सडक अन्तर्गत शुद्धोधन–६ बिमिहा चोक नजिकै गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो ।

    तौलिहवादेखि भैरहवा जाँदै गरेको भे१ख ४५५२ नम्बरको बसले अर्को दिशातर्फ आउँदै गरेको लुप्र ०१००४प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते भएका यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेके प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १२:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij