२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं। दैलेखका उपाध्याय परिवारको प्रेरणादायी सफलता, १४ जना सदस्य सरकारी सेवामा
दैलेखको भैरवी गाउँपालिकाका कृष्ण प्रसाद उपाध्यायको परिवार अहिले प्रेरणाको उदाहरण बनेको छ। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएको यो परिवारका १४ जना सदस्य सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन्।
कृष्ण प्रसादका ७ छोरा, ६ बुहारी र १ छोरीले लोकसेवा आयोग तथा विभिन्न सरकारी सेवाका परीक्षा उत्तीर्ण गर्दै सरकारी सेवामा आफ्नो स्थान बनाउन सफल भएका हुन्।
हाल उनीहरू देशका विभिन्न सरकारी निकायमा रहेर जनताको सेवामा खटिरहेका छन्। परिवारका सदस्यहरूले मेहनत, अनुशासन र शिक्षालाई प्राथमिकता दिँदै निरन्तर प्रयास गरेपछि यस्तो सफलता हासिल भएको हो।
एउटै परिवारका यति धेरै सदस्य सरकारी सेवामा पुग्नु दैलेखका लागि मात्रै नभई समग्र कर्णाली प्रदेशकै लागि गर्वको विषय बनेको छ।
उपाध्याय परिवारको सफलताले शिक्षा, लगनशीलता र निरन्तर मेहनतबाट सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। उनीहरूको यात्राले सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरूलाई समेत प्रेरणा दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij