Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. केसीसँग वार्ताका लागि धनगढीमा

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. केसीसँग वार्ताका लागि धनगढीमा


  • 974
    Shares

    प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. केसीसँग वार्ताका लागि धनगढीमा
    images

    काठमाडौं ।  धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् ।

    प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे।पी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोट बुद्व एयरको जहाजमार्फत धनगढी गएका हुन् ।

    शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् ।

    शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो ।

    धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन् । सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरेको छ ।

     

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १०:१३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij