२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौँ । तारकेश्वर नगरपालिका- ९, शुभकामना चोककी ४५ वर्षिया रश्मी रिजालले आत्मदाह गरेकी छिन् । तारकेश्वरको साङ्गलाखोला–पटापुमा कारभित्र उनी मृत फेला परेकी हुन् ।
सीसीटीभी फुटेज विश्लेषणपछि उनले आफैंले चलाएको गाडी पार्किङ गरेर गाडीभित्रै आगो लगाएको प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ता रूपमा कार्यरत थिइन् । केही दिनदेखि उनी अफिसभित्र तनावमा रहेकाे बुझिएकाे छ ।
उनका पति नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसमा आमसञ्चार तथा पत्रकारिताका अध्यापक हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij