Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, अस्पताल भर्ना गरियो

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, अस्पताल भर्ना गरियो


  • 1.0K
    Shares

    अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, अस्पताल भर्ना गरियो
    images

    धनगढी । धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।

    कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा सुगरको मात्रा निकै कम देखिएपछि चिकित्सकले तत्काल आईसीयूमा राखेर उपचार गर्न सिफारिस गरेका थिए। सोही अनुसार उनलाई अस्पताल लगिएको डाक्टर केसीका सहयोगी अमृत जैशीले बताए ।

    केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीमा २४औं सत्याग्रहमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मांसपेशी बाउडिने, बोल्न पनि असहज हुने, खुट्टाको अप्रेसन गरेका कारण हिँडडुल गर्न पनि कठिन भइरहेको थियो ।

    डा. केसी विभिन्न पाँच बुँदे मागसहित अनशनमा छन्। सरकारले मागबारे वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएको भए पनि केसीले आफ्ना मुख्य मागमा अडिग रहेको बताएका छन्।

    प्रकाशित मिति :श्रावण ९ २०८३ शनिवार - १४:४७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij