२०८३ आश्विन १ गते बिहिवार
धनगढी । कञ्चनपुरमा निगुरो खोज्न जंगल गएकी महिला बेपत्ता भएकी छन्।
कृष्णपुर नगरपालिका–२ स्थित बिरेन्द्र सामुदायिक वन क्षेत्रमा शुक्रबार दिउँसो निगुरो खोज्न गएकी ६२ वर्षीया केशरी बोहरा सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार बोहरा शुक्रबार दिउँसो करिब १ः३० बजे घरबाट निगुरो खोज्न जंगल गएकी थिइन्। साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले राति करिब ८ः३० बजे प्रहरीलाई जानकारी गराएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झलारी र गुलरियाबाट खटिएको प्रहरी टोलीले राति नै खोजी अभियान सञ्चालन गरेको भए पनि उनी फेला नपरेको डीएसपी रावतले बताए।
शनिबार बिहानदेखि स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बोहराको खोजी कार्यलाई तीव्र बनाएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij