Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निहारिका र बिनु हाजिरी जमानीमा रिहा

निहारिका र बिनु हाजिरी जमानीमा रिहा


  • 883
    Shares

    निहारिका र बिनु हाजिरी जमानीमा रिहा
    images

    काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा छाडिएको छ ।

    तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो ।

    उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो ।

    उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू न्याय माग्दै र गृहमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले उनीहरूलाई सिंहदरबार पस्न नदिइ रोकेको थियो । त्यसपछि गेट अगाडि सडकमै उनीहरू धर्ना बसेका थिए ।

    आवत जावत नै अवरुद्ध हुने गरी सडकमा धर्ना बसेको र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको भन्दै उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइएको हो ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १७:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij