Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा

युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा


  • 1.2K
    Shares

    युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
    images

    काठमाडौं । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारी धरौटीमा रिहा भएका छन् । 

    बैतडी घर भएका शिक्षा अधिकृत सुरेन्द्र भट्ट ललितपुरका प्रमुख जिल्ला अधिकारीको आदेशमा रिहा भएका हुन् । जिल्ला प्रशासनको आदेश अनुसार उनलाई २० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताएका छन् ।

    प्रहरीले उनलाई असार २२ मा पक्राउ गरेको थियो । प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । सो कसुर पुष्टि भएमा ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।  

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १७:०६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij