Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट सर्वोच्च पुगे

बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट सर्वोच्च पुगे


  • 1.3K
    Shares

    बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट सर्वोच्च पुगे
    images

    काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन्।

    उच्च अदालत पाटन र विशेष अदालतले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको आदेश बदरको माग गर्दै भट्ट शुक्रबार सर्वोच्च अदालतमा पुगेका हुन्।

    भट्टविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर भएको थियो। उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले गत असार ५ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पनि भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त मुद्दामा भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो कायम गरिएको छ।

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले असार ३ गते भट्टलाई थुनामा पठाउने आदेश दिएको थियो।

    सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टसँगै शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर लगायतलाई प्रतिवादी बनाइएको छ।

    हिमालयन रि–इन्स्योरेन्सलगायत कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो।

    सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका क्रममा भट्टलाई २०८२ चैत १९ गते पक्राउ गरेको थियो। अब सर्वोच्च अदालतले भट्टको निवेदनमाथि सुनुवाइ गर्नेछ।

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १६:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij