Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’

प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’


  • 1.1K
    Shares

    प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन् । 

    शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्ट शक्तिहरु सरकार गठन र सत्ता समिकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको उनको भनाइ छ । 

    उनले विदेशी शक्तिहरुले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमे थाहा नपाउँदा मुलुकको भूराजनीतिक संकटतर्फ उन्मुख भएको टिप्पणी पनि गरेका छन् । 

    उनले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ जनतालाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क गरेका छन् । उनले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरुको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको उनको टिप्पणी छ ।

    उनले भने, आम रुपमा जनतालाई अफिम खुवाएर लठ्ठ परेपछि के को राष्ट्रिय, स्वाधीनता रु त्यसरी नै साम्राज्यवादीले मजाले चीनको साधन स्रोत आफ्नो कब्जामा पारेका थिए । यो पटक हाम्रो त्यो गल्तीका कारण हामीले निरन्तर स्कुलिङ गर्न नसक्दा नयाँ पुस्तालाई हाम्रो त्यो कमजोरी माथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन् मैले जनताको अपमान गर्न खोजेको होइन । कस्तो अफिम सोसियल मिडियाबाट अल्गोरिदम म्यानिपुलेसनको । अफिममै लठ्ठ पारिदिए सबैलाई अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ । अर्को  कुनै उपाय छैन ।’

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १६:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij