२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ ।
गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।
१८ सय ७१ जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् ।
प्रोफाइलमा समेटिएकाहरू यसअघि पनि अपराधमा संलग्न भएकाहरू हुन् । एसपी भट्टराई भन्छन्– ‘पुराना घटनामा संलग्न र नयाँ घटना गराउन सक्ने जोखिम भएका र पहिचान भएकाहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको हो ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij