Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी

काठमाडौंमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी


  • 1.3K
    Shares

    काठमाडौंमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी
    images

    काठमाडौं । काठमाडौं जिल्लामा एक वर्षमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी परेको छ । 

    उजुरी परेका मध्ये ४८ थान मुद्दा अनुसन्धान सकेर अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

    ५० वटा मुद्दा मेलमिलाप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन्।  

    २०८० असार देखी गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालयहरूले अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान गर्दै आएका छन् । आर्थिक वर्ष २०८२–०८३ मा आएका अनुचित लेनदेनका १ सय ८९ उजुरी फर्छ्योट हुन बाँकी रहेको एसपी भट्टराईले बताएका छन्।

     

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १५:१२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij